१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार ११:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जापानबाट फर्किएका नेपालीलाई प्राविधिक सहयोग गर्ने सम्झौता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ११:१७:००

जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)ले प्राविधिक सहयोग परियोजना ‘अन्तर्राष्ट्रिय आप्रवासीका लागि करिअर विकास र उद्यमशीलता सहयोग कार्यक्रम’का लागि काठमाडौंमा नेपाल सरकारसँग भएको सम्झौतासम्बन्धी छलफलको रेकर्डमा हस्ताक्षर गरेको छ । नेपालको औद्योगिक विकासलाई प्रवद्र्धन गर्नका लागि जापानबाट फर्केका आप्रवासीको सूचनाको पहुँच अभिवृद्धि गर्ने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याउन लागेको छलफलको रेकर्डमा हस्ताक्षर भएको हो । 

परियोजनाले माग–सञ्चालित दृष्टिकोण अपनाउने हुनाले सीप र योग्यताहरू प्राप्त गर्न चाहने आप्रवासीलाई समर्थन गर्ने जाइकाले जनाएको छ । उनीहरूले हासिल गरेको ज्ञानलाई नेपालमा उत्पादनशील व्यवसाय–करिअर स्थापना गर्नका लागि थप कार्यान्वयन गर्दै नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने जनाइएको छ । परियोजनाले एसडिजिज गोल ‘शिष्ट कार्य र आर्थिक वृद्धि’लाई पूरा गर्ने लक्ष्य लिएको उल्लेख छ । 

परियोजनाले माइग्रेसन फ्लो (पूर्व–माइग्रेसन, जापानमा रहँदा र फर्केपछि) करिअर योजना र उद्यमशीलतामा आफ्नो क्षमता अभिवृद्धि गर्न फर्कने प्रापकलाई निरन्तर तालिम प्रदान गर्ने सल्लाहकार नियुक्त गर्ने योजना बनाएको जनाइएको छ । आयोजनाको कुल अवधि पाँच वर्ष रहेको र आयोजना कार्यान्वयन गर्ने निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड रहेको जाइकाले जनाएको छ ।