१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १५ बिहीबार १५:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङमा प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत बदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १५:१९:oo

यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फभन्दा समानुपातिकमा बढी मत बदर भएको छ। 

हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिह्न कम र समानुपातिकमा चुनाव चिह्न बढी हुँदा मतदाता अन्योलमा परेकाले मत बढी बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मनाङमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ मत बदर भएको छ भने समानुपातिकतर्फ ४९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।

उनका अनुसार प्रदेश सभा प्रत्यक्षतर्फ ६ मत बदर भएको छ भने समानुपातिकतर्फ ७४ मत बदर भएको छ। राजनीतिक दलको चुनाव चिह्नका कारण मतदातालाई छनोट गर्न समस्या हुँदा समानुपातिकतर्फ मत बढी बदर भएको हुन सक्ने शर्माको भनाइ छ।

मनाङमा प्रतिनिधिसभातर्फ चार हजार आठ सय ४५ मत खसेको थियो भने प्रदेश सभा १ मा दुई हजार दुई सय १० मत खसेको थियो। प्रदेशसभा २ मा निर्विरोध भएकाले मतदान भएन।