१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १५ बिहीबार ०८:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कृषि विश्वविद्यालयमा चार दिनअघि लागेको ताला अझै खुलेन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १५ बिहीबार ०८:३८:००

कृषि तथा वन विश्वविद्यालयमा विद्यार्थीले लगाएको ताला अझै खुलेको छैन । विश्वविद्यालयले प्रकाशन गरेको कृषि संकायको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना त्रुटिपूर्ण रहेको भन्दै चार विद्यार्थी संगठन पाँचबुँदे माग राख्दै आइतबारदेखि रामपुरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएर आन्दोलनमा छन् ।

विद्यार्थी संगठनको निरन्तरको आन्दोलनपछि विश्वविद्यालयले प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ लाई सच्याइसकेको छ । तर, ताला भने अझै खुलेको छैन । अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी) र अनेरास्ववियु (छैँटौँ)ले ११ मंसिरमा विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् ।

केन्द्रीय कार्यालयसँगै विद्यार्थीले कृषि संकाय र परीक्षा नियन्त्रणको कार्यालयमा समेत ताला लगाएका छन् । विद्यार्थीले डिनलगायत प्रशासनका केही व्यक्तिको सवारीसाधनलाई समेत नियन्त्रणमा लिएका छन् । अन्योलपूर्ण र अवैज्ञानिक रूपमा कृषि संकायको प्रवेश परीक्षा लिन लागिएको उनीहरूको आरोप छ । कृषि विश्वविद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर सात आंगिक र सात सम्बन्धन प्राप्त कलेज छन् ।