१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १४ बुधबार १o:५८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

 ‘कालिञ्चोक दर्शन’को आइपिओ खुला    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १o:५८:oo

कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अंकित दरमा दुई लाख २८ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।  

कम्पनीले आफ्नो जारी पुँजी  ६० करोडको दुई प्रतिशत अर्थात् रु. एक करोड २० लाख मूल्यबराबरको कुल एक लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै जारी पुँजीको १८ प्रतिशत अर्थात्  १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।  

निष्कासन गरेको सेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मंसिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले मंसिर २८ गतेसम्म अधिकतम १० हजार आठ सय कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत सेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।