मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक झिनो अंकले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अंकले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य आठ अंकले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम भएको हो। आजको कारोबारमा कुल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता सेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो । 

नबिल बैंक रु चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट रु चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त रु तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसिसी बैंक रु दुई करोड ५२ लाख २५ हजार सात सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए। 

नेप्सेका अनुसार धौलागिरि लघुवित्त छ दशमलब १०, एनसिसी बैंक पाँच दशमलव शून्य पाँच, एनआइसी  एसिया बैंक चार दशमलव १८, गुह्येश्वरी मर्चेन्ट बैंक चार दशमलव शून्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलव शून्य दुई प्रतिशतले कमाएका छन् । 

त्यस्तै, एनआइसी एसिया ब्यालेन्स फन्ड चार दशमलव ६०, ग्लोबल आइएमई ब्यालेन्स फन्ड एक तीन दशमलव ६८, नेपाल एसआइबी बैंक तीन दशमलब ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलब ४४ र नबिल ब्यालेन्स फन्ड तीनका लगानीकर्ताले दुई दशमलब ६० प्रतिशतले गुमाएका छन् । रासस