Skip This
जुम्लाका चार उम्मेदवारको जमानत जफत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाका चार उम्मेदवारको जमानत जफत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

जुम्लाका चार उम्मेदवारको जमानत जफत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभाका दुई तथा प्रदेश सभाका दुई उम्मेदवारको जमानत जफत भएको हो।

सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उनीहरूको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभातर्फ नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाको जमानत जफत भएको हो। काफ्ले दोस्रो संविधान सभा २०७० सालका समानुपातिक सांसद हुन्।

स्वतन्त्र उम्मेदवार डा. रोकाया माओवादीनिकट मानिन्छन्। उनले चुनाव चिह्न प्राप्त गरेपछि आफ्नो उम्मेदवारी निष्क्रिय गरे पनि मत प्राप्त गरे। प्रतिनिधिसभातर्फ नेमकिपाका काफ्लेले २.२३ प्रतिशत तथा स्वतन्त्र उम्मेदवार डा. रोकायाले १.२७ प्रतिशत मत मात्र प्राप्त गरेका छन्।

यस्तै, प्रदेश सभा (क)मा नेमकिपाका राजेश्वर देवकोटा र प्रदेश सभा (ख)मा नेपकिपाकै विर्षबहादुर रावतको जमानत जफत भएको छ। देवकोटाले २.९४ प्रतिशत र रावतले ६.०३ प्रतिशत मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जुम्लाबाट प्रतिनिधिसभाका लागि पाँच तथा प्रदेश (क) र (ख)मा चार–चारजनाको उम्मेदवारी परेको थियो।