मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
सन् १९९४ को विश्वकप फाइनल रोज बाउल रंगशालामा भएको थियो । सो खेलमा ९४ हजार एक सय ९४ दर्शकको उपस्थिति थियो ।
२०७९ मङ्सिर १३ मंगलबार १०:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सर्वाधिक दर्शक ओइरिएका पाँच विश्वकप

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार १०:३८:००

विश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्रको आम्दानी स्रोत नै टिकट बिक्री हो । जति धेरै समर्थक रंगशाला पुग्छन्, त्यति नै आयोजकको आम्दानी बढ्दै जान्छ । विश्वकप आयोजना गर्नु चानचुने कुरा होइन । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न आयोजक राष्ट्रले कम्तीमा एक दशक तयारी गर्छ । आयोजकले भौतिक पूर्वाधारदेखि विश्वस्तरीय रंगशाला निर्माण गर्छ । यसमा अर्बौं डलर लगानी हुन्छ । चालू विश्वकपमा कतारले दुई सय २९ बिलियन पाउन्ड खर्चेको छ । लगानीका रूपमा कतार विश्वकप अहिलेसम्मकै महँगो हो । २१औँ संस्करणसम्मको विश्लेषणअनुसार पाँच विश्वकपमा सर्वाधिक दर्शकको उपस्थिति भएको देखिन्छ । तथ्यांकअनुसार सन् १९९४ मा अमेरिकाले आयोजना गरेको विश्वकपमा अहिलेसम्म नै धेरै दर्शक रंगशालामा पुगेर फुटबल खेल हेरेका थिए । 

१. सन् १९९० (अमेरिका)
दर्शक : ३५ लाख ६८ हजार पाँच सय ६७

विश्वकप इतिहासमा अमेरिकाले आयोजना गरेको प्रतियोगितामा सर्वाधिक दर्शक ओइरिएका थिए । उत्तरी अमेरिका महादेशमा विश्वकप हुँदा अमेरिकाले विश्वस्तरीय रंगशाला निर्माण गरेको थियो । अमेरिकामा फुटबल त्यति चर्चित नभए पनि विश्वकप आयोजना हुँदा अस्वाभाविक रूपमा दर्शकको उपस्थित नसोचेकै भयो । प्रतिखेलमा औसत दर्शकको उपस्थिति ६९ हजार एक सय ७४ रहेको थियो । ब्राजिलले फाइनल खेलेको रंगशालामै एक लाखभन्दा बढी दर्शकले प्रतिस्पर्धा हेरेका थिए । अमेरिकाले नौ सहरका नौवटा रंगशालामा विश्वकपका समूह चरणदेखि फाइनलसम्म खेल आयोजना गरेको थियो । कुल ५२ खेलको विश्लेषण गर्दा ३५ लाख ६८ हजार पाँच सय ६७ दर्शक रंगशाला पुगेरै फुटबल खेलको मजा लिए । 

२. सन् २०१४ (ब्राजिल)
दर्शक : ३४ लाख ४१ हजार चार सय ५०

आठ वर्षअघि ब्राजिलले चरम आर्थिक संकटबीच विश्वकप आयोजना गरेको थियो । यद्यपि, विश्वकपमा आर्थिक पक्षबाट केही असर भएन । ब्राजिलले विभिन्न १२ सहरका १२ वटै रंगशालामा विश्वकप आयोजना गर्‍यो । यस विश्वकपमा दोस्रो सर्वाधिक दर्शकको उपस्थिति रह्यो । यसमा ३४ लाख ४१ हजार चार सय ५० दर्शक रंगशाला पुगेका थिए । प्रतिखेलको औसत दर्शक ५३ हजार पाँच सय ९२ रहेको थियो । ३२ राष्ट्र सहभागी भएको विश्वकपमा जर्मनीले फाइनलमा अर्जेन्टिनालाई १–० ले पाखा लगाएको थियो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी अर्जेन्टिनी कप्तान लियोनल मेसी भएका थिए । जर्मनीका गोलरक्षक म्यानुएल नुएर उत्कृष्ट गोलरक्षक बने । प्रतियोगितामा नेदरल्यान्ड्स तेस्रो भयो । विश्वकपमा ब्राजिलले जर्मनीसँग खराब रेकर्ड सेमिफाइनलमा राख्यो ।

३. सन् २००६ (जर्मनी)
दर्शक : ३३ लाख ६७ हजार

आठ वर्षको अन्तरमै युरोपले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने अधिकार पायो । सन् १९९८ मा फ्रान्सले आयोजना गरेको थियो । त्यसपछि जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरे । सन् २००६ मा लामो प्रयासपछि जर्मनीले विश्वकप आयोजना गर्‍यो । युरोपियन भूमिमा विश्वकप फर्कंदा दर्शकको उपस्थिति त्यति सन्तोषजनक हुन सकेन । जर्मनीले १२ सहरका १२ वटा विश्व चर्चित रंगशालामा ६४ वटा खेल खेलाएको थियो । फाइनलसम्मको दर्शक उपस्थितिअनुसार तेस्रो सर्वाधिक संख्या हुन गयो । यस विश्वकपमा ३३ लाख ५९ हजार चार सय ३९ दर्शकले विश्वकप रंगशालामै पुगेर हेरे । प्रतिखेल दर्शक औसत ५२ हजार चार सय ९१ रहेको थियो । प्रतियोगितामा मिरोस्लाम क्लोज सर्वाधिक गोलकर्ता बने । उनले पाँच गोल गरेका थिए । जर्मनीको भूमिमा इटालीले चौथोपटक विश्वकप उचाल्यो ।

 ४.  २०१० (द. अफ्रिका)
दर्शक : ३१ लाख ७८ हजार आठ सय ५६

विश्वकपको इतिहासमा दक्षिण अफ्रिकाले पहिलोपटक आयोजना गर्‍यो । सन् २०१० मा दक्षिण अफ्रिकी भूमिमा विश्वकप हुँदा दर्शकको उपस्थिति न्यून हुने अनुमान लगाइएको थियो । अफ्रिकाको लाइफ स्टायल र त्यहाँ फुटबल कल्चर नहुँदा आयोजक घाटामा जान सक्ने भनिएको थियो । तर, अफ्रिकी भूमिमा घरेलु दर्शकको उपस्थिति उल्लासमय रह्यो । जसका कारण दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा चौथो सर्वाधिक दर्शक ओइरियो । यस विश्वकपमा ३१ लाख ७८ हजार आठ सय ५६ दर्शकले प्रत्यक्ष फुटबल खेल हेरेका थिए । विश्वकपमा प्रतिखेलमा ४९ हजार ६ सय ७० दर्शक आएका थिए । स्पेनले पहिलोपटक विश्वकप उपाधि उचालेको थियो । स्पेनले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० ले हरायो ।  

५. सन् २०१८ (रसिया)
दर्शक : ३० लाख ३१ हजार सात सय ६८

चार वर्षअघि रसियाले विश्वकप आयोजना गर्दा समर्थक निकै दंग परेका थिए । आयोजक रसियाले विश्वकपभरि नै ‘फ्री सेक्स’ गरेको थियो । युरोपियन, दक्षिण अमेरिका तथा दक्षिण अफ्रिकी राष्ट्रका समर्थक फ्री सेक्सप्रति मोहित भए । राजनीतिक तनावबीच भएको विश्वकपमा ३० लाख ३१ हजार सात सय ६८ दर्शक उपस्थित भए । रसियाले १२ मध्ये ११ सहरमा विश्वकप आयोजना गरेको थियो । ६४ खेल भएको विश्वकपमा प्रतिखेल ४७ हजार तीन सय ७१ दर्शकको उपस्थिति भएको थियो । फ्रान्सले दोस्रोपटक विश्वकप उपाधि पनि रसियामै जित्यो । फ्रान्सले फाइनलमा क्रोएसियालाई हराएको थियो । प्रतियोगितामा इंग्ल्यान्डका ह्यारी केन ६ गोलका साथ सर्वाधिक गोलकर्ता बने ।