१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दाँत स्वस्थ राख्न यस्तो खानपान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:३४:oo
डा. सुनैना श्रेष्ठ डेन्टिस्ट

हामीमध्ये धेरैलाई त्यतिवेला मात्रै दाँत बिग्रिएको वा फोहोर भएको पत्तो हुन्छ, जतिवेला अवस्था निकै खराब भइसकेको हुन्छ । यदि समयमै यसको स्याहार गर्ने हो भने धेरै समस्याबाट बच्न सकिन्छ । स्वस्थ र चम्किलो दाँतले हाम्रो सुन्दरता र व्यक्तित्वमा पनि विशेष अर्थ राख्छ । त्यसका लागि हामीले खानपानमा विशेष ध्यान दिन जरुरी छ । हामीले चिया–कफी वा अन्य खानेकुरा खाँदा दाँतमा त्यसको दाग लागेको हुन सक्छ, त्यसैले प्रशस्तै पानी पिउनुपर्छ । पानी नेचुरल माउथवास हो,जसले मुखलाई समय–समयमा सफा गर्छ । फलफूलको प्रयोग अत्यधिक गर्नुपर्छ । फलफूलले पनि दाँतलाई प्राकृतिक रूपमै सफा गर्छ । सुगर फ्री चुइगम प्रयोग गर्दा पनि दाँत सफा हुन्छ । 

सुर्तीजन्य पदार्थबाट टाढा रहनुस् 
- दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र होइन, गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । विशेष गरी गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसैले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । त्यसैले दाँत सुरक्षित राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । 

- सुर्तीजन्य पदार्थ जस्तै– पानपराग, खैनी पनि हानिकारक छ । यसले दाँतलाई डिस्कलर गर्छ । छालाको क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । 

- गुलिया कुरा खाएपछि मुख कुल्ला गर्न बिर्सनु हुँदैन । खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ । 

- दाँत माझ्दा नरम ब्रसको प्रयोग गर्नुपर्छ । फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मञ्जन नै प्रयोग गर्नुपर्छ । 

- ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नु हुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ । 

 

ad
ad