मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०७:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्स र इक्वेडरलाई बराबर काफी

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०७:०९:००

नेदरल्यान्ड्स र इक्वेडरले मंगलबार समूह ‘ए’ को अन्तिम खेलमा बराबरी नतिजा निकाल्दा पनि प्रिक्वार्टरफाइनलमा पुग्ने छन् । इक्वेडरले सेनेगलसँगको खेल्ने छ । अन्तिम खेलबाट प्रिक्वारटफाइलनमा पुग्ने दुइ टोलीको टुंगो लाग्नेछ ।  खालिफा अन्तर्राष्ट्रिय मैदानमा इक्वेडरलाई एक अंक नै अर्को चरणमा पुर्‍याउने छ । इक्वेडरले बराबर गरे पाँच अंक बनाउनेछ । जितले स्वतः अन्तिम १६ मा पु्ग्नेछ । सेनेगलेको जितले समिकरण रोमाञ्चक बन्नेछ । जित निकाल्दा सेनेगलेको ६ अंक हुनेछ ।

सेनेगलको जितले इक्वेडरको सम्भावना लगभग सकिनेछ । अल बायत मैदानमा नेदरल्यान्ड्स आयोजक कतारसँग खेल्दैछ । कतार विश्वकपबाट बाहिरिने पहिलो टोली हो । नेदरल्यान्ड्सले कतारलाई बराबरीमा रोक्दा पनि नकआउट चरणमा सहजै पुग्ने छ । मध्यपूर्वी एसियाली मुलुक कतारले घरेलु मैदानमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । 

ह्यारी केन (इंग्ल्यान्ड)
प्रशिक्षक गेराथ साउथगेटले तेस्रो खेलमा वेल्सविरुद्ध कप्तान ह्यारी केनलाई नै अग्रपंक्तिमा विश्वास गर्नेछन् । दुबै खेलमा गोल गर्न नसके पनि केनले असिस्ट सृजना गरिरहेका छन् । पहिलो खेलमा इरानविरुद्ध केनले कुनै गोल गरेनन् । ७६औँ मिनेट मैदानमा बिताएका केनले दुई असिस्ट निकाले । अमेरिकाविरुद्धको दोस्रो खेलमा केनले पूरा समय मैदान बिताए । तर, उनले खासै प्रभाव बनाउन सकेनन् । मैदानमा उनले अमेरिकी रक्षकलाई व्यस्त राखे । सन् २०१५  बाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका कप्तान केनले ७७ खेल खेल्दा ५१ गोल गरेका छन् । 

क्रिस्टियन पुलिसिक (अमेरिका)
अमेरिकी फुटबलले पाएको एक मात्रै ठूलो स्तरका खेलाडी हुन् क्रिस्टियन पुलिसिक । कतार विश्वकपमा पुलिसिकले एक गोल गरेका छन् । वेल्सविरुद्ध १–१ को बराबरी गर्दा पुलिसिकले गोल गरेका थिए । आठ मिनेट जोगिन नसक्दा अमेरिका अंक बाँड्यो । अट्याकिङ मिडफिल्डर तथा विंगर व्यवसायिक फुटबल इंग्लिस प्रिमियर क्लब चेल्सीबाट खेल्छन् । अमेरिकन समर्थकले पुलिसिकको अर्काे नाम ‘क्याप्टेन अमेरिका’ राखेका छन् । २४ वर्षीय खेलाडीसँग बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्ड र चेल्सीबाट खेलेको अनुभव छ । पुलिसिकले अमेरिकाको यु–१५ र यू– १७ बाट खेलेका छन् । उनी सन् २०१६ देखि सिनियर टोलीमा निरन्तर छन् । अमेरिकाका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा पुलिसिकले २१ गोल गरिसकेका छन् ।