मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Thursday, 10 July, 2025
२o७९ मङ्सिर १२ सोमबार १५:५o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब ४९ करोडकाे काराेबार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १५:५o:oo

कारोबारको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। 

आइतबार उच्च अंकले बढेकाे नेप्से परिसूचक आज १५ दशमलव ६१ अंकले ओरालो लागेर एक हजार नौ सय ५० दशमलव ३७ बिन्दुमा ओर्लिएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६५ अंकले ओरालो लागेर तीन सय ८२ दशमलव ६१ मा सीमित भएको छ।

कुल दुई सय ३६ कम्पनीको ३७ लाख ६१ हजार दुई सय ९९ कित्ता सेयर रु. एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३ मूल्यमा खरिद–बिक्री भए। 

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको रु. १६ करोड ४६ लाख ४२ हजार सात सय पाँच मूल्यमा कारोबार भयो।

नबिल बैंक रु. सात करोड २४ लाख ५८ हजार चार सय चार, शिवम् सिमेन्ट रु. छ करोड १६ लाख ६२ हजार सात सय ४८, एभरेष्ट बैंक रु. पाँच करोड ९८ लाख ३१ हजार आठ सय ६१ र साइन रेसुंगा डेभलपमेन्ट बैंक  पाँच करोड ८८ लाख ४४ हजार तीन सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

नेप्सेका अनुसार खप्तड लघुवित्त आठ दशमलव १८, गरिमा विकास बैंकको ऋणपत्र ६ दशमलव ११, नेपाल ल्युब आयल ६ दशमलव शून्य नौ, सिटिजन म्युचुअल फन्ड तीन दशमलव ८८ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन्।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट चार दशमलव ५६, ओरियन्टल होटेल चार दशमलव ३१, जानकी फाइनान्स तीन दशमलव ९६, नेपाल एसबिआई बैंकको ऋणपत्र तीन दशमलव ९६ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले तीन दशमलव ९१ प्रतिशतले गुमाएका छन्।