मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Wednesday, 17 September, 2025
२o७९ मङ्सिर १२ सोमबार १५:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रौतहटमा सवारीसाधनको ठक्करबाट स्थानीय व्यापारीको मृत्यु, गरुडा बजार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १५:२o:oo

रौतहटको गरुडामा सवारी दुर्घटनामा एक स्थानीय व्यापारीको ज्यान गएपछि स्थानीयले गरुडा बजारमा चक्काजाम गरेका छन्। साेमबार बिहान 'मर्निङवाक'मा निस्किएका स्थानीय व्यापारी राजनारायण साहलाई पहिचान खुल्न नसकेको सवारीसाधनले ठक्कर दिएर भागेकाे थियाे। 

आज बिहान साहको इलाका प्रहरी कार्यालय गरुडनजिकै सवारीसाधनको ठक्करबाट ज्यान गएको थियो। साहलाई ठक्कर दिएलगत्तै भागेको सवारी पहिचानको माग गर्दै स्थानीयले बिहानैदेखि चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चक्काजाम  गर्दै बजार बन्द गरेका छन्।

साहलाई ठक्कर दिने सवारीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। स्थानीयले भने ठक्कर दिने सवारीसाधन पहिचान नभएसम्म बजार बन्द गर्ने र चन्द्रनिगाहपुर-गौर सडकखण्डमा सवारी चल्न नदिने बताउँदै आएका छन्।