१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षककै छोरीसँग डेडिङमा टोरेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:५२:oo

स्पेनिस फुटबल टोलीका प्रमुख प्रशिक्षक लुइस एन्रिक हुन् । कतार विश्वकपमा उनले घोषणा गरेका फेरान टोरेस प्रमुख खेलाडीमा पर्छन् । प्रशिक्षक एन्रिकले गफैगफमा अर्को खेलमा टोरेस बाहिर हुन सक्ने बताएका छन् । टोरेस एउटै सर्तमा मात्र टोलीमा पर्न सक्ने एन्रिकको भनाइ छ । सर्त पनि यस्तो छ, सुन्दैमा हास्यास्पद । टोरेसले गोल गरेपछि ‘बेबी’ सेलिब्रेसन गरे मात्र पर्न सक्ने एन्रिकले जनाए । मैदानभित्र यस्तो किसिमको खुसी मनाउने नयाँ होइन । तर, एन्रिकलाई अर्को खेलमा यस्तो दृश्य हेर्न मन छ । त्यो पनि अरू कुनै खेलाडीले नभएर टोरेसले गर्नुपर्छ । 

एन्रिक स्वयंले एउटा अचम्मको खुलासा गरेका छन् । एन्रिककी छोरीसँग टोरेस डेटिङमा छन् । यो डेटिङ वैवाहिक बन्धनमा पुग्नुपर्ने तर्क एन्रिकले राखेका छन् । बार्सिलोनाका खेलाडी एन्रिक र यसै क्लबका प्रशिक्षक एन्रिकबीचको सम्बन्ध सुमधुर छ । खेलाडी र प्रशिक्षकबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नै एन्रिकले ख्यालठट्टामै आफू हजुरबुबा हुन चाहेको इच्छा देखाएका हुन् । ‘यदि टोरेसले एक गोलपछि बेबी सेलिब्रेसन गरे भने म टोलीमा राख्छु, यस्तो गर्न सकिएन भने अर्को खेलमा बाहिर रहनेछन्,’ एन्रिकले भने । 

कुरैकुरामा उनले खेलअघि खेलाडीहरूले यौनसम्पर्क गर्नुलाई नराम्रो नमान्ने बताए । ‘खेलअघिको रातमा खेलाडीले सेक्स गर्छन् भने केही आपत्ति छैन, यसले उनीहरूलाई थप फुर्तिलो बनाउँछ ।’ एन्रिकले खेलाडीहरूलाई स्वतन्त्रता दिँदा खेलमा त्यसको प्रभाव पर्ने बताए । ‘खेलाडीले भनेको जस्तो गर्न पाए खेलमा त्यसको नतिजा आउँछ,’ उनले भने, ‘यसकारण खेलाडीलाई मैले यौनसम्पर्क गर्न छुट दिएको छु ।’ 

ad
ad