Skip This
इलाम १ : झलनाथको विरोधबीच नतिजा सार्वजनिक, एमालेका महेश बस्नेत निर्वाचित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इलाम १ : झलनाथको विरोधबीच नतिजा सार्वजनिक, एमालेका महेश बस्नेत निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन्। इलाम–१ बाट पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई २९ सय ५७ मतान्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन्। 

बस्नेतले २५ हजार ६९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ। तर, नेता खनालले भने मतगणना प्रक्रियाप्रति विरोध कायमै राखेका छन्। उनले मतगणनाका क्रममा कर्मचारीको मिलेमतोमा धाँधली भएको दाबी गरेका छन्। 

मतगणना प्रक्रियामा भएको अनियमितताले लोकतान्त्रिक विधि र पद्धतिलाई नै कमजोर बनाएकाे उनकाे निष्कर्ष छ। उनले गणना स्थगित गरी पुनः मतदान हुनुपर्ने माग राखेका छन्। शनिबार फिक्कलस्थित निवासमा पत्रकार सम्मेलन गर्दै नेता खनालले गणनाका क्रममा सुरुमा ४३७ मत गायब भएको बताए।

शनिबार नै गणनाका क्रममा मुचुल्कामा भन्दा २६६ मत बढी भेटिएको खनालले बताए। उनले एक ठाउँको मत हराउनु र अर्को ठाउँमा भेटिनु आश्चर्यजनक भएको बताएका थिए। उनले यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई फोन गरेर जवाफसमेत मागेका थिए। तर, थपलियाबाट यसकाे उचित जवाफ नपाएको उनकाे आराेप छ।