मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ११ आइतबार १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले उपमहासचिव रिमाल भन्छन् - ‘हाम्रो सरकार बने श्रमिकको न्यूनतम तलब २५ हजार बनाउँछौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार १४:११:oo

एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले एमाले नेतृत्वमा सरकार बने श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका छन् । 

आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेको सरकार बने चुनावी घोषणापत्रमा भनिएअनुसार श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउने बताएका हुन् । 

उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पु¥याउन आन्दोलन गर्ने धारणा राखे । 

‘हामी सेकेन्ड भयौँ भने पनि हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने श्रमिकहरूको अगाडि गरेको कबुल २५ हजार न्युनतम ज्याला पु¥याउने अभियानले मूर्तता निश्चित रूपमा पाउँछ,’ उनले भने, ‘यदी सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्न श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईंहरूको साथमा रहन्छ ।’

उनले एमालेको नेतृत्वमा सरकार बने औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने दावी गरे । पाँच वर्षभित्र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ थियो ।