मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार ०७:३०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सातामा दुईदेखि तीन सयमा अझै डेंगु संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार ०७:३०:००

हालसम्म ५२ हजार पाँच सय ५७ जनामा संक्रमण, ६० जनाको मृत्यु

नेपालमा प्रत्येक साता दुईदेखि तीन सयको हाराहारीमा डेंगु संक्रमित थपिने गरेका छन् । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चिसो मौसमका कारण लामखुट्टेको संख्या घट्दै गए पनि अझैसम्म संक्रमण देखिइरहेको छ ।

महाशाखाको तथ्यांकअनुसार हालसम्म ५२ हजार पाँच सय ५७ जनामा संक्रमण देखिँदा ६० जनाको मृत्यु भएको छ । साउनबाट पिक लिएको संक्रमण मंसिरको पहिलो साता बित्दासमेत शून्यमा झर्न सकेको छैन । महाशाखाअन्तर्गतका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले दैनिक २० भन्दा कम केस देखिए पनि हालसम्म देशभर संक्रमण जानकारी दिए । ‘महाशाखामा रिपोर्ट भएअनुसार दैनिक १६ देखि २० को हाराहारीमा नयाँ केसहरू भेटिएका छन् । पहाडी जिल्लामा केसहरू घटे पनि फाट्टफुट्ट अझै नयाँ संक्रमित भेटिइरहेका छन्,’ उनले भने ।

देशभर डेंगु संक्रमण फैलिरहे पनि महाशाखाले दैनिक संक्रमणको अपडेट ठप्प पारेको छ । हाल देशभर एक सय १८ वटा अस्पतालले मात्र दैनिक रिपोर्ट पठाइरहेकाले दैनिक अपडेट दिन नसकेको महाशाखाले जनाएको छ । डा. दाहालका अनुसार दैनिक थपिनेको संक्रमितका आधारमा अबको दुई सातासम्ममा संक्रमणदर घट्ने अनुमान गरिएको छ । ‘पहाडी जिल्लामा निकै घटिसकेको छ । पछिल्लो समय बर्दिवासलगायत केही ठाउँबाहेक तराईका अन्य क्षेत्रमा पनि घटेको देखिन्छ । यही दरमा घट्दै जाने हो भने मंसिरको अन्तिमसम्म डेंगु संक्रमण शून्यमा झर्छ भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने । सबैभन्दा बढी प्रभावित रहेको काठमाडौं उपत्यकामा पनि अस्पताल पुग्ने संक्रमितको संख्यामा उलेख्य कमी आइसकेको चिकित्सकले बताएका छन् ।