Skip This
डोल्पाका निर्वाचित सांसदको प्राथमिकतामा ‘भेरी करिडोर’ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १९:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोल्पाका निर्वाचित सांसदको प्राथमिकतामा ‘भेरी करिडोर’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o२:oo

हिमाली जिल्ला डोल्पाबाट निर्वाचित तीनैजना सांसदले भेरी करिडोरलाई प्राथमिकतामा राखेर जिल्लाको विकास गर्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनीहरूले यस्तो बताएका हुन्।

राष्ट्रिय महत्वको रूपमा रहेको भेरी करिडोरलाई स्तराेन्नतिदेखि बाँकी ल्यासिक्याप–सिसौलखण्डको कच्ची ट्रयाक खुलाउने कामलाई प्राथमिकतामा राखेको प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले बताए।

 

डोल्पालीको भाग्यरेखासँग जोडिएको यस सडकखण्डको विकास गर्नु आफ्नो प्रमुख दायित्व भएकाले छिटोभन्दा छिटो बाँकी ट्रयाक खुलाउन लागिपर्ने उनले बताए। 

भेरी करिडोर स्तराेन्नतिका लागि यसै वर्ष कार्यान्वयन हुने गरी तीन अर्ब बजेटको स्रोत सुनिश्चित भएर पनि टेन्डरको प्रक्रियामा गइसकेको सांसद बुढाले जानकारी दिए। 

प्रदेश निर्वाचन क्षेत्र ख का कर्णाली प्रदेश सभा सदस्य शेरबहादुर बुढाले निर्वाचित तीनैजना सांसदसँग समन्वय गरेर जिल्लाको प्रमुख आवश्यकताको रूपमा रहेको भेरी करिडोरको स्तराेन्नतिमा लागिपर्ने बताए। 

स्थानीय रोजगारी सिर्जनाको मुख्य कडीको रूपमा रहेको यस सडकखण्ड निर्माण तथा स्तराेन्नतिका लागि प्रदेश सरकार तथा केन्द्रीय सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यसैगरी, सञ्चारकर्मीहरूको प्रश्नमा प्रदेश निर्वाचन क्षेत्र ख का नवनिर्वाचित सांसद वीरबहादुर शाहीले भेरी करिडोरको स्तराेन्नति र ठाउँठाउँमा बेलिब्रिज पुल निर्माणका लागि पहिलो कार्यकालमा समेत विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको बताए। 

चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा रहेको यस करिडोरले रणनीतिक महत्वसमेत बोकेको उनको भनाइ छ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत रहेका शाहीले यस करिडोरका लागि प्रदेश सरकारबाट पनि सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। डोल्पा–चीन सीमामा पर्ने मोरिम्लादेखि भारतको रुपैडियासम्म जोड्ने यस करिडोरको लम्बाइ झन्डै २५० किलोमिटर छ।