मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर १० शनिबार ११:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन अपडेटः एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार ११:१९:oo

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । 

निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान १०:३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ । 

  राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार पाँच सय ८२ र जनमत पार्टीले एक लाख ४८ हजार चार सय चार मत प्राप्त गरेको छ ।