मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ९ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर ९ शुक्रबार १८:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा समानुपातिकतर्फ एमाले सबैभन्दा अगाडि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ९ शुक्रबार १८:५९:oo

खोटाङमा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ। ३७ हजार १५६ मत गणना सम्पन्न हुँदा एमाले १४ हजार ५५ मतसहित सबैभन्दा अगाडि देखिएको हो। 

कांग्रेस १० हजार १७४, माओवादी केन्द्र ६ हजार ६२२, जनता समाजवादी पार्टी (जसपा) एक हजार ११२, नेकपा (एकीकृत समाजवादी) पार्टीले एक हजार ५९१ मत प्राप्त भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ६१८ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०७, राष्ट्रिय जनमोर्चाले २८, नेपाल मजदुर किसान पार्टीले ५९, लोकतान्त्रिक समाजवादी पार्टीले १७, जनमत पार्टीले १९, मौलिक जरोकिलो पार्टीले एक, नेपाल समावेसी पार्टीले २९, हाम्रो नेपाली पार्टीले २४, जनता प्रगतिशील पार्टीले सात, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले पाँच, राष्ट्रिय नागरिक पार्टीले एक मत प्राप्त गरेको छ। 

यस्तै, नागरिक उन्मुक्ति पार्टीले चार, नेपालका लागि नेपाली पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चार, मितेरी पार्टी नेपालले दुई, बहुजन एकता पार्टी नेपालले सात, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी)लाई १२१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मङ्गोल नेसनल अर्गनाइजेसनले ३८, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आठ, नेश्नलिष्ट पिपुल्स पार्टीले छ, नेपाल लोकतान्त्रिक पार्टीले तीन, राष्ट्रिय जनमुक्ति पार्टीले तीन, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल)ले पाँच, कांग्रेस (बीपी)ले सात, तराई मधेश लोकतान्त्रिक पार्टीले ११ मत प्राप्त गरेको छ। 

यस्तै, नेपाल जनता पार्टीले तीन, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले १७, पिछडावर्ग निषाद दलित जनजाति पार्टीले ३, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ८ र नेपाल कम्युनिष्ट पार्टीले ५ मत प्राप्त गरेका छन्। 

विवेकशील साझा पार्टीले पाँच, एकीकृत शक्ति नेपालले तीन, नेपाल सङ्घीय समाजवादी पार्टीले २३, जनजागरण पार्टी नेपालले ११ मत प्राप्त भएको छ। यस्तै, सामाजिक एकता पार्टी÷नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)÷नेपाल दलित पार्टीले १५, आमूल परिवर्तन मसिहा पार्टीले ६०, नेपाल आमा पार्टी÷नेपाल नौलो जनवादी पार्टी÷सचेत नेपाली पार्टी÷नेपाल सुशासन पार्टी)ले १४ र नेपाली जनता दलले ३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ६७ हजार ३७३ मत खसेको छ । समानुपातिकतर्फको मत गणना जारी छ । हालसम्मको गणनामा दुई हजार दुई मत बदर भएको पाइएको । 

दश स्थानीय तह रहेको जिल्लामा साना तथा ठूला गरी ४७ वटा राजनीतिक दललाई समानुपातिक मत खसेको छ। अहिलेसम्मको गणनामा कतिपय राजनीतिक दलले एक मत पनि प्राप्त गरेका छैनन्।