१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसले टिकट नदिएका अमरेशले कांग्रेसकै उम्मेदवार हराए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:२३:oo

सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंह गठबन्धनका उम्मेदवारलाई हराउँदै विजयी भएका छन् । 
स्वतन्त्र उम्मेदवार बनेका सिंहले २० हजार १७ मत प्राप्त गरे । उनले गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका नागेन्द्र रायलाई एक हजार ७६४ मतले हराए । 

रायले १८ हजार २५३ मत पाए । चर्चामा रहेकी अर्की उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् । उनी माओवादी केन्द्रका नेता शिवपुजन यादवकी छोरी हुन् । गठबन्धनका उम्मेदवारविरुद्ध छोरीलाई बागी उठाएको भन्दै यादवलाई माओवादीले कारबाही गर्दै पार्टीबाट निष्कासन गरिसकेको छ । 
सिंह ०७४ मा पनि यही क्षेत्रबाट विजयी भएका थिए । त्यसवेला उनी कांग्रेसबाट उम्मेदवार थिए । यसपटक पार्टीको क्षेत्रीय र जिल्ला कमिटीले उनको नाम सिफारिस गरेको थिएन । जिल्ला कमिटीले कांग्रेस महामन्त्री गगनकुमार थापालाई यस क्षेत्रबाट चुनाव लड्न भन्दै सिफारिस गरेको थियो । 

महामन्त्री थापाले काठमाडौंबाटै उम्मेदवारी दिने भएपछि अन्तिममा पार्टीले नागेन्द्र रायलाई टिकट दिएर पठाएको थियो । लगतै डा. सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
उनलाई पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ । 

ad
ad