१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नवदीप अजनवी नुवाकोट
Invalid date format २o:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोट : दुई प्रदेश सदस्यमा गठबन्धन विजयी, संघमा अग्रता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

नुवाकोटमा प्रदेशतर्फको दुई वटा क्षेत्रको अन्तिम परिणाम आएको छ। दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन्। 

नुवाकोट क्षेत्र नं. १  प्रदेश क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन्। महतले १३ हजार ३७ मत ल्याएर विजयी भएका हुन्। 

उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार तीन सय ६८ मत ल्याएकाे निर्वाचन अधिकृत भुसालले जानकारी दिए।  

क्षेत्र नं. २ प्रदेश क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रमा रामप्रसाद ढुंगाना विजयी भएका छन्। ढुंगानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत ल्याएका छन्। 

यसैबीच, नुवाकोट क्षेत्र नं. १ को पछिल्लो मतगणनाअनुसार गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले बिहीबार साँझदेखि अग्रता लिएका छन्। सोमबार साँझबाट मतगणना सुरु भएकोमा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता लिँदै आएका थिए।

अहिलेसम्मको गणनामा माओवादीका उम्मेदवार तामाङले १५ हजार एक सय ७१ मत ल्याएका छन् भने नेकपा एमालेका मैनालीले १४ हजार सात सय ५६ मत र सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महत क्षेत्रीले चार हजार पाँच सय ८९ मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए। हालसम्म ३९ हजार ४ सय २३ मत गणना भइसकेको छ। 

यस्तै, नुवाकोट क्षेत्र नं. २ मा कांग्रेसका अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन्। केसीले १६ हजार दुई सय ८३ मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १०  हजार २९ मत ल्याएका छन् नेकपा एमालेका नारायणप्रसाद खतिवडाले नौ हजार ६ सय २३ मत ल्याएर तेस्रो स्थानबाट पछ्याइरहेका छन्। हालसम्म ३९ हजार तीन सय ६७ मत गणना भएको छ। यो क्षेत्रमा ६६ हजार पाँच सय १६ मत खसेको छ।