Skip This
जनतासँग मन-मुटुको गठबन्धनका कारण जितेँ : दीपक सिंह
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनतासँग मन-मुटुको गठबन्धनका कारण जितेँ : दीपक सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राप्रपाका दीपकबहादुर सिंहले जनतासँग मन- मुटुको गठबन्धनका कारण आफूले चुनाव जितेको प्रतिक्रिया दिएका छन्। 

सत्तागठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र एमाले-राप्रपा नेपालबीचको गठबन्धनका उम्मेदवार कमल थापालाई पछि पार्दै जित निकालेपछि सिंहले यस्तो प्रतिक्रिया दिएका हुन्। 

पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा सिंहले अरूले स्वार्थबस गरेको गठबन्धनविरुद्ध आफूले जनतासँगे गठबन्धन गरेका कारण जित्न सकेको बताए।

‘उहाँहरूको गठबन्धन एउटा स्वार्थको र सत्ता हत्याउनका लागि मात्र थियो तर मेरो गठबन्धन मकवानपुरका जनतासँग मन र मुटुको पवित्र गठबन्धन थियो । सत्ता हत्याउने या यी सन्धि र सम्झौता गर्ने गठबन्धन थिएन। मकवानपुरको विकास, राष्ट्रको हितको लागी जनतासँग मेरो मन र मुटु मिल्यो त्यसकारण जनताले मलाई जिताएर सेवा गर्ने मौका दिएका हुन्,’ सिंहले भने।

उनले आफूलाई भोट हाल्ने र नहाल्ने कसैलाई पनि भेदभाव नगर्ने बताउँदै कवानपुर क्षेत्र नम्बर १ का जनताको नेता भएर काम गर्ने दाबी गरे।

सिंहले बिहीबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई २७ सय ८२ मतान्तरले पछि पादै जित निकालेका हुन्।

उनले कुल खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सहमहामन्त्री डीनाले २५ हजार ४३४ मत प्राप्त गरिन्।

यसैगरी, नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा तेस्रो भएका छन्। उनले २५ हजार ४२० मत ल्याए।