१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका गणेश लम्साल
२o८१ जेठ ७ सोमबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल मोरङबाट प्रदेश सभामा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, गणेश लम्साल
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:o५:oo

मोरङ ५ (ख) बाट कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल निर्वाचित भएका छन् ।  जनता समाजबादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का स्वाथ्य मन्त्री जयराम यादवलाई ५ हजार २ सय ७८ मतको फराकिलो अन्तरले पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।

निर्वाचित अर्यालले १६ हजार १०२ र निकटतम प्रतिस्पर्धी यादवले १० हजार ८ सय २४ मत प्राप्त गरेका छन् । पटक पटक मोरङको काँग्रेस सभापति र दुई पटक केन्द्रिय सदस्य भईसकेका अर्याल प्रतिनिधि सभामा आकांक्षी थिए ।

तर गठबन्धनमा सिट बाँडफाँड नमिलेपछि उनी प्रदेश सभा सदस्यको चुनावी प्रतिस्पर्धा आएका थिए । विजयी अर्याल प्रदेश १ मा सत्ता गठबन्धनको सरकार बनेको खण्डमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दाबेदार पनि हुन् । 


 

ad
ad