१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेखको प्रदेशसभा २ (क) मा पूर्वपत्रकार भण्डारीको जीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४७:oo

दैलेख २ (क) मा नेपाली काँग्रेसका घनश्याम भण्डारी विजयी भएका छन् । उनले नेकपा एमालेका तिलक रिजाललाई पराजित गरेका हुन् । विजयी भएका भण्डारीले १० हजार ८ सय मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका रिजालले ९ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।

भण्डारीले रिजाललाई १ हजार ३ सय ५ मतान्तरले जितेका हुन् । यसअघि ०७४ को निर्वाचनमा एमालेले यो क्षेत्रमा विजयप्राप्त गरेको थियो । विजयी भण्डारीले दैलेखको दुल्लु नगरपालिका प्रमुखका रुपमा ५ बर्ष काम गरेर संसदीय यात्रा शुरु गरेका हुन् ।  

पत्रकारिता क्षेत्रबाट राजनीतिमा होमिएका भण्डारी २०६४ मा पत्रकार महासंघ जिल्ला शाखा सचिव भएर काम गरिसकेका छन् । उनी काँग्रेस क्षेत्र नं. २ को क्षेत्रिय सभापति हुँदै राजनीति यात्रामा निस्केका थिए ।
 

ad
ad