१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कलाकारसमेत रहेका एमाले नेता गुरुङ कास्कीबाट प्रदेशसभा सदस्यमा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२३:oo

कास्की क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेकपा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ विजयी भएका छन् ।निकटतम प्रर्तिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काग्रेसका दिपक गुरुङलाई ८६७ मत अन्तरले पराजित गदै उनले बाजी मारेका हुन । विजयी उम्मेदवार वेदबहादुरले १२ हजार ६६१ मत ल्याउदा निकटतम दिपकले ११ हजार ७९४ मत ल्याएका थिए ।

सात उम्मेदवार रहेको यस क्षेत्रमा राप्रपाका महेन्द्रबहादुर कार्कीले तीन हजार ६५६, हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले एक हजार ५४९, मंगोल नेशनल अर्गनाईजेसनका ख्यामबहादुर गुरुङले ४५८, जनता समाजवादी पार्टीका हर्क बहादुर गुरुङले ३६२ र नेकपा माओवादी समाजवादीका गौमती गुरुङले १०१ मत प्राप्त गरिन ।

विजेता वेदबहादुर कास्कीको मादी गाँउपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् । कलाकार समेत रहेका उनले थुप्रै गुरुङ चलचित्रमा अभिनय एंव निर्देशन समेत गरेका छन् । उनी गुरुङ चलचित्र कुहिरो भित्रबाट, गोठालोमा अभिनय सगै आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित्र निर्माण गरेका छन् । उनी गुरुङ फिल्म एसोसियसनमा अध्यक्षसमेत थिए ।