
राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धीलाई दोब्बर मतले उछिन्दै शाही विजयी भएका हुन् ।
ज्ञानेन्द्रले २२ हजार ८१९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी गोमा कुँवरले ११ हजार ९५९ मत तथा तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवारले ६ हजार ५२८ मत प्राप्त गरे ।