मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०१:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखा १ मा काँग्रेसका राजेन्द्र बजगाईं विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०१:१०:००

गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका राजेन्द्र बजगाई ३३ हजार चार सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकटत्तम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेत १६ हजार ७८५ मत प्राप्त गरे । गोरखा १ मा एकलाख १५ हजार ३९७ मतदाता रहेकोमा ६० हजार ४३१ मत खसेको थियो ।

यसअघि ०७४ को प्रदेशसभा निर्वाचनमा गोरखा १ को प्रदेश क्षेत्र १ बाट बजगाईँ र बस्नेत दुवैजना प्रतिस्पर्धी थिए । त्यतिबेला बस्नेतले बजगाईंलाई पराजित गरेका थिए । अहिले प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरू एकअर्काका प्रतिस्पर्धी थिए ।