१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर ७ बुधबार १२:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाल्पा १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १२:२६:oo

पाल्पा क्षेत्र नम्र १ मा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका नारायणप्रसाद आचार्यले १० हजार सात सय ३५ मत ल्याउँदा गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गाहाले पाँच हजार एक सय मत प्राप्त गरेका छन् । 

त्यस्तै पाल्पा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरले एकीकृत समाजजवादीका सोमप्रसाद पाण्डेसँग अग्रता कायम राखेका छन् । गैरेले नौ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् । पाण्डेले सात  हजार सात सय १५ मत प्राप्त गरेका छन । दुईबीच दुई हजार एक सय ७७ मतान्तर छ । १६ वटा वडाको मतगणना सम्पन्न हुँदा पाण्डेले जम्मा दुई वडा वडामा मात्र झिनो मतले अग्रता कायम गरेका थिए।

 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन गैरेले तीन हजार तीन सय ७३ मत प्राप्त गरेका छन्। पाल्पा १ मा रास्वपाको उम्मेदवार छैनन् ।