मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format ११:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणनाको अन्त्यतिर मतान्तर घटाउँदै एमाले सचिव भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१o:oo

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा मत गणना अन्त्यतिर आउँदा प्रतिस्पर्धा रोचक बन्न पुगेको छ। यहाँ नेकपा एमालेका सचिव योगेश भट्टराई र सत्तागठबन्धनका तर्फबाट माओवादीका खेलप्रसाद बुढा क्षेत्रीबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। 

मतगणनाको शुरुवातदेखी नै माओवादी उम्मेदवार बुढा क्षेत्रीले अग्रता लिइरहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ४८ हजार तीन सय ७२ मत खसेकोमा हालसम्म ३८ हजार ८ सय १७ मत गणना भएकाे छ। आज साँझसम्म गणना सक्ने तयारी भएको छ।

पछिल्लो नतिजाअनुसार माओवादी उम्मेदवार बुढा क्षेत्रीले १७ हजार सात सय १३ मत ल्याएर अग्रता लिइरहेका छन्। एमाले सचिव भट्टराईले १७ हजार ६ सय २२ मत ल्याएका छन्। शुरुदेखी पछि परेका भट्टराइले मतान्तर घटाएर ९१ मा झारेका छन्।

सो क्षेत्रमा अब ९ हजार ५ सय ५५ मत गणना गर्न बाँकी छ। दुई वटा स्थानबाट मतगणना भइरहेको छ।