१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
२o७९ मङ्सिर ७ बुधबार o९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार o९:३८:oo

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५ मतले निर्वाचित भएका हुन् ।  राउतका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत पाएका छन । 

०७४ को निर्वाचनमा राउत यहि क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) को उम्मेदवार बनेर ९ हजार ८ सय ४ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार विय सर्राफले ६ हजार ८ सय २९ मत मात्रै पाएका थिए ।