मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने मालपोतका उपसचिवसहित ८ विरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने मालपोतका उपसचिवसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डिल्लीबजार मालपोतका तत्कालीन उपसचिव परशुराम अधिकारी, तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालीन नायव सुब्बाद्वय ताराप्रसाद जोशी र तत्कालीन नायब सुब्बा प्रसाराम भुसालविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध जनही २१ लाख ३० हजार ३८१ बिगो आयोगले मागदावी गरेको छ।

काठमाडौं महानगरपालिकाका चारजनाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ। त्यसमा निधन भइसकेका भक्तरत्न तुलाधर पनि छन्। उनीविरुद्ध २१ लाख ३० हजार ३८१ बिगो कायम गरेर उनको नाममै रहेको भए त्यसैबाट र नभए हकवालाबाट असुल गर्न भनिएको छ।

त्यस्तै महानगरकै शशी तुलाधरविरुद्ध सोही अंक तथा सार्वजनिक जग्गा कायम रहेका रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध जग्गा जफत र फिर्ता ल्याउनुपर्ने अख्तियारको दावी छ।