
पूर्वी नवलपरासीमा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले अग्रता लिएका छन् । कोइराला गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन् ।
११ हजार ८ मत गन्दासम्म डा. कोइरालाले पाँच हजार १ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले एक हजार पाँच सय ७७ मत प्राप्त गरेका छन् ।
गणना गरेकोमध्ये पाँच सय ८३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।