Skip This
कैलाली ३ मा नागरिक उन्मुक्तिका चौधरी जित नजिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलाली ३ मा नागरिक उन्मुक्तिका चौधरी जित नजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२४:oo

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जित नजिक पुगेका छन्।

हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा २० हजार २३४ मतसहित चौधरी अग्रस्थानमा छन्। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत ल्याएर गङ्गारामलाई पछ्याइरहेका छन्।

कुल ६१ हजार ६६८ मत खसेको यो क्षेत्रमा अब साढे पाँच हजार मत मात्रै गणना गर्न बाँकी छ। यहाँ नागरिक उन्मुक्तिको जित लगभग निश्चित देखिएको छ।