Skip This
प्रकाशमान सिंहले भने– प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमान सिंहले भने– प्रधानमन्त्रीका लागि साथीहरुसँग सल्लाह गर्छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५६:oo

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा बिजयी कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा जस्तो मतदाताहरुको विश्वासमा आँच आउन नदिने बताएका छन् । मंगलवार नेता तथा कार्यकर्ताहरुसँग शुभकामना आदान–प्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् । प्रधानमन्त्रीका लागि अफर आएको खण्डमा आफु पछि नहट्ने सिंहले बताए । आफु हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको उनको दाबी छ । 

‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आमनिर्वाचनमा पनि म कांग्रेसको संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गरेकै हो’ उनले भने, ‘देशभरबाट कांग्रेसका सांसद जितेर आउनेहरुसँग छलफल हुन्छ, संसदीय दलको नेता छान्न प्रोसेस हुन्छ । विधि र प्रोसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर अगाडि बढ्ने हो ।’ उनले थपे, ‘म प्रधानमन्त्रीको लागि योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’ 

नेता सिंहले देशभरबाट जितेर आएका काँग्रेस नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताए । उनले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने बताए । उनले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी आफ्नो निर्वाचन क्षेत्रमा छिटो ल्याउनका लागि काम गर्ने आश्वासन समेत दिए । उनले काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने पनि बताएका छन् । 

‘मलाई चौंथो पटक काठमाडौं १ बाट विजयी गराउनुभयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरुलाई सम्बोधन गर्नेछु’ नेता सिंहले भने, ‘यसपटक म आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काम गर्नेछु ।’

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका नेता सिंह काठमाडौं–१ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रविन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन् । सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्धन्द्धी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सकेका थिए ।