मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार ०९:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुङ्गाको सबै सिटमा सत्ता गठबन्धन अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०९:४४:००

ओखलढुङ्गाको सबै सिटमा सत्ता ठबन्धनका उम्मेदवारहरुले सुरुवाती अग्रता लिएका छन् । जिल्लाको लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका १ र २ नम्बर वडाको मत गणना गरिसक्दा प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता लिएका छन् । खतिवडा नेकपा एमालेका यज्ञराज सुनुवार भन्दा ७२३ मतले अगाडी छन् ।

खतिवडाले ३,७५८ मत र सुनुवारले ३,०२६ मत प्राप्त गरेका छन् । एमालेको गढ मानिएको लिखु र सुनुवार समुदायको बाहुल्यता रहेको खिजीदेम्बाकै प्रारम्भिक मतपरिणममा सुनुवार पछाडी पर्दा आगामी गणननामा कांग्रेस उम्मेदवार खतिवडाले सहज महसुस गर्न पाउने भएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले १०१ मत प्राप्त गरेकी छन् । प्रतिनिधी सभा तर्फ खिजिदेम्बा गाउँपालिकाको बाँकी वडाहरुको मतगणना भईरहेको छ । त्यस्तै प्रदेश सभा तर्फ पनि गठबन्धनकै उम्मेदवार अगाडी छन् । प्रदेश सभा (क) तर्फको खिजिदेम्बा र चिशंखुगढी गाउँपालिकाको मत गणना गरि सक्दा नेपाली काँग्रेका प्रदिप कुमार सुनुवारले ६,३६३ र नेकपा एमालेका अम्मीरबाबु गुरुङले ४,८९८ मत प्राप्त गरेका छन् । तेश्रोमा जनता समाजवादी पार्टीका खेमराज खड्काले ७२७ मत प्राप्त गरेका छन् ।  

प्रदेश (ख) को लिखु गाउँपालिकाको सम्पुर्ण वडा र सुनकोशी गाउँपालिकाको वडा नं. १, २, ३ र ४ को मतगणना गर्दा नेकपा माओवादी केन्द्रमा बाबुराम गौतमले ४,७८९ मत प्राप्त गरेका छन् । त्यसैगरि नेकपा एमालेका ज्ञानबहादुर खड्काले ४,७८१ मत प्राप्त गरेका छन् । तेश्रोमा मंगोल नेशनलअर्गनाईजेशनका बुद्धिबहादुर राईले १६२ मत पाएका छन् । सुनकोशीको बाँकी ६ वडाको मतगणना भईरहको जिल्ला निर्वाचन अधिकृत प्रेम न्यौपानेले जानकारी दिए ।