
राप्रपाका वरिष्ठ नेता दिपक बोहराले रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणसँगको मतान्तर घटाउँदै लगेका छन् ।नौ हजार एक सय ४० मत गणना हुदा खाणले तीन हजार चार सय सय १९ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका वरिष्ठ नेता दिपक बोहराले तीन हजार तीन सय ६० मत प्राप्त गरेका छन् ।बोहरा खाणभन्दा ४९ मतले पछि परेका छन् । रुपन्देहीको मायादेबी गाउँपालिका वडा नम्बर ६ र ८ को मतगणना गर्दा ५पाँच सय पाँच मतको अग्रता रहेका गृहमन्त्री खाण तिलोत्तमा नगरपालिका वडा नम्बर १४ को मतगणना गर्दा पछि परेका छन् ।
गृहमन्त्रीकै भाइ रामकृष्ण खाण मेयर भएको तिलोत्तमा नगरपालिकामा खाणभन्दा बोहराको चार सय ५६ मत बढी छ । खाणले एक हजार चार सय एक हजार नौ सय ३४ मत प्राप्त गरेका छन् ।