
कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्य पदका ६०१ मत गणना हुँदा २६९ मतसहित नागरिक उन्मुक्ति पार्टीका रञ्जिता चौधरीले अग्रता लिएकी छन् ।
सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामजनम चौधरीले १६० र एमालेका तपेन्द्र रावलले ८४ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३६ मत बदर भएको छ ।