१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा ६० प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानमा धनकुटामा ६० प्रतिशत मत खसेको छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लामा साँझ ५ बजेसम्म सञ्चालन भएको थियो।

केही केन्द्रमा खसेको मतको संख्या आउने क्रम जारी रहेकाले समग्रमा ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताए। प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन जिल्लाभरी शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले बताए।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको धनकुटामा कुल मतदाताको संख्या एक लाख १६ हजार ९ सय ९१ रहेको छ। जसमा ५८ हजार ५ सय ४६ जना पुरुष र ५८ हजार ४ सय ४५ जना महिला रहेका छन्। एक सय १९ मतदान स्थल तथा दुई अस्थायीसहित एक सय ६४ वटा मतदान केन्द्रहरु तोकिएको छ।

मतदान सम्पन्न भएसँगै सबै मतपेटिका राति १२ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालय सामुदायिक भवनमा संकलन गरेर सर्वदलीय बैठकपछि मत गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।