मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३२ प्रतिशत मत खसेको आयोगको आकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

मध्‍याह्नसम्म ३२ प्रतिशत मत खसेको आकलन निर्वाचन आयोगले गरेको छ। निर्वाचन आयोगले आइतबार दिउँसो प्रेस ब्रिफिङ गर्दै दिउँसो १२ : ४५ बजेसम्म ३२ प्रतिशत हाराहारी मत खसेको जनाएको हो।

सामान्य विवादका कारण मतदान रोकिएका केही मतदान केन्द्रमा मतदान सुचारु भइसकेको र केही क्षेत्रमा मतदान सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको पौडेलले बताए।

उनका अनुसार सुर्खत, पाल्पा, झापा, पोखरा र पर्वतका केही ठाउँमा स्थगित भएको मतदान सुचारु भइसकेको छ। बाजुराका ६-७ स्थानमा स्थगित भएकामा एउटामा सुचारु भइसकेको छ।

आज साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। मतदानपश्चात् मतपेटिका आइसकेपछि दलहरूबीच सहमतिका आधारमा आज रातिबाट मतगणना सुरु हुने आयोगले जनाएको छ।

कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरूलाई निर्देशन दिइएको उनले बताए।

आयोगले कुल ७० प्रतिशत मत खस्ने आकलन यसअघि नै गरिसकेको छ। प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका  लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। देशभर २२ हजार २२७ मतदान केन्द्रबाट मतदान भइरहेको छ।

प्रतिनिधिसभा तथा प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।