Skip This
गौंडागौंडामा बसेका छौँ, आचारसंहिता छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौंडागौंडामा बसेका छौँ, आचारसंहिता छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र उल्लंघनका घटना भएको बताएको हो।

शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएपनि स्थिर समयमा उल्लंघनका घटना हुनसक्ने बताए।

आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा दलका नेता र उम्मेदवारहरुले अझै बढी लापरबाही गर्नसक्ने भन्दै आयोगले सोहीअनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ।

स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी आयोगले  गौंडागौंडामा बिना बर्दीमा खटाएको भन्दै आयुक्त भण्डारीले आचारसंहिता छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न चेतावनी दिए।

‘आयोग यो समयावधि (स्थिर अवधि)मा गौंडागौंडामा बसेर हेरिरहेको छ। उहाँहरु बर्दीमा नहुनुहोला, तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ। तर बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्नुहोला,’ उनले भने।