Skip This
झापामा निर्वाचनको तयारी पूरा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
बिर्तामोडस्थित मोहनमाया माविमा मतदानस्थल तयार पारिँदै ।
२o८१ बैशाख २९ शनिबार ११:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

झापामा निर्वाचनको तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:१२:oo

झापामा आइतबार हुने निर्वाचनको तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी करिब पूरा भएको जनाएको छ। सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्।

शुक्रबार नै ७० प्रतिशत मतदानस्थल निर्माणको काम सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। बाँकी ३० प्रतिशत पनि शनिबार दिउँसोसम्म निर्माण सक्न निर्देशन दिइसकेको उनले बताए।

झापाका २८५ मतदानस्थलका ७६८ वटै मतदान केन्द्रमा करिब सात हजार स्थायी कर्मचारी र चार हजार ८ सय स्वयंसेवक खटाइएको उनले बताए। प्रतिनिधिसभातर्फ ५ वटा र प्रदेश सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेश सभातर्फ ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

६ लाख ६३ हजार ३११ मतदाता रहेको झापामा यसपटक ७४ प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। ‘यो हाम्रो वैज्ञानिक अनुमान हो। वैदेशकि रोजगारीबाट फर्किएकाको तथ्यांक, जिल्लाबाट बाहिरिएकाको तथ्यांकलाई हेरेर हामीले विश्लेषण गरेका हौँ,’ नेपालले भने।

झापामा २८५ मतदानस्थलमध्ये सुरक्षा निकायले ९५ अतिसंवेदनशील, १४४ संवेदनशील र ४६ सामान्य मदतानस्थलको रूपमा वर्गीकरण गरेको छ। मतदानस्थलहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। उनका अनुसार २८५ मतदानस्थलमा एक हजार ८०१ प्रहरी र तीन हजार ४६२ म्यादी प्रहरी खटाइएको छ ।

झापामा ५ वटा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय छ। प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने निर्वाचन कार्यालय प्रमुख नेपालले जानकारी दिए। मतदान सकिएपछि आइतबारदेखि नै मतगणना गर्ने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ। कार्यालय प्रमुख नेपालले आयोगको तर्फबाट आइतबार रातिबाटै गणना गर्ने गरी तयारी अवस्थामा रहेको जानकारी दिए।

‘मतपेटीका समयमै ल्याउन धेरै सवारीको व्यवस्था गरेका छौँ। ढिलोमा पनि ११ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुग्छ। १२ बजेसम्ममा सर्वदलीय बैठक बस्छ,’ उनले भने, ‘सर्वदलीय बैठकले त्यही दिन गणना गर्ने निर्णय गरेमा आयोग तयार छ।’ सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको मतगणना हुने र केही समयपछि प्रदेश सभातर्फ प्रत्यक्षको गणना गरिने उनले बताए। प्रत्यक्षतर्फ आयोगको निर्देशनअनुसार तीन दिनभित्र परिणाम सार्वजनिक गर्ने तयारी रहेको नेपालले बताए। 

ad
ad