Skip This
मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामेरा जडान 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १o:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामेरा जडान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

लमजुङमा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र मत पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको हो । 

मतदानस्थलमा हुने असुरक्षा र हुन सक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामरा जडान गरिएको  मुख्य निर्वाचन अधिकृत  खनालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाँका सीसी क्यामरा जडान गरिएको हो । 

जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए । उनका अनुसार जिल्लाको २२ मतदानस्थल अतिसंवेदनशील, ८३ मतदानस्थल संवेदनशील र २३ मतदानस्थललाई सामान्यमा राखिएको छ। ८ वटा स्थानीय तह र ७५ वटा वडा रहेको लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ  वैद्यले बताए । 

लमजुङमा जम्मा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ६५ हजार दुई सय ७१ पुरुष मतदाता रहेका छन्। संघतर्फ एउटा निर्वाचन क्षेत्र र प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभा ९क० तर्फ महिला मतदाता ३१ हजार आठ सय ७२ रहेको छ भने ३१ हजार सात सय तीन पुरुष मतदाता गरी ६३ हजार पाँच सय ७५ मतदाता रहेका छन्। त्यस्तै, प्रदेश सभा ९ख० तर्फ ३६ हजार चार सय १६ महिला र ३३ हजार पाँच सय ६८ पुरुष गरी ६९ हजार नौ सय ८४ मतदाता रहेका छन् ।