मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दोहा
२०७९ मङ्सिर ३ शनिबार ०८:०३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मानेले विश्वकप गुमाए

Read Time : < 1 मिनेट
दोहा
२०७९ मङ्सिर ३ शनिबार ०८:०३:००

सेनेगलका स्ट्राइकर साडिओ मानेले कतार विश्वकप गुमाएका छन् । घुँडाको शल्यक्रियापछि माने विश्वकप खेल्न नसक्ने सेनेगल फुटबल संघले जनाएको छ । बिहीबार मानेको एमआरआई भएको थियो । एमआरआईको रिपोर्टअनुसार मानेको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । यसअघि संघले मानेलाई विश्वकपको पहिलो खेलबाट मात्र बाहिर राखेको जनाएको थियो । संघका अनुसार शल्यक्रियापछि माने फिट हुन समय लाग्छ । यसैकारण मानेलाई विश्वकप टोलीबाट बाहिर राखेको संघको भनाइ छ ।

बायर्न म्युखिनले पनि मानेको शल्यक्रिया गर्नुपर्ने जनाएको छ । ‘बिहीबारको रिपोर्टअनुसार मानेको शल्यक्रिया गर्नुपर्छ, हामी यसका लागि तयारी अवस्थामा छौँ,’ बायर्नले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वुन्डेस लिगाअन्तर्गत ८ नोभेम्बरमा माने वार्डनविरुद्ध खेल्दा घाइते भएका थिए । यसै सिजन बुन्डेसलिगा क्लब बायर्न म्युनिख भित्रिएका थिए । ‘स्ट्राइकर मानेले म्युनिखमा केही दिनपछि रिहाब सुरु गर्नेछन्,’ बायर्नले भनेको छ । 

सेनेगलले सोमबार नेदरल्यान्डसँग खेल्दै कतार विश्वकप सुरुवात गर्नेछ । अफ्रिकन राष्ट्र सेनेगल समूह ‘ए’मा रहेको छ । सेनेगलले २५ नोभेम्बरमा आयोजक कतार र २९ नोभेम्बरमा इक्वेडरसँग खेल्नेछ । दुईपटक अफ्रिकन फुटबल वर्ष खेलाडी चुनिएका माने सेनेगलको २६ सदस्य सूचीमा रहेका थिए । मानेकै पेनाल्टी गोलमा इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कपको च्याम्पियन भएको थियो ।