१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख २१ शुक्रबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अत्यधिक मदिरा सेवनबाट महिलाको मृत्यु

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o९:oo

सोलुखुम्बुमा अत्यधिक मदिरा सेवनबाट एक महिलाको ज्यान गएको छ । सोलुदुधकुण्ड नगरपालिका– १ नुनथलाकी ५५ वर्षीया किमा शेर्पाको अत्यधिक मदिरा सेवनका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

शेर्पाको शव बुधबार राति अन्दाजी ८ बजे स्थानीयले फेला पारेका थिए । घटनाबारे अनुसन्धानका क्रममा अत्यधिक मादक पदार्थ सेवनका कारण उनको मृत्यु भएको खुलेको प्रहरी निरीक्षक रामकिशोर शाहले बताए । 

कानुनी प्रक्रिया पूरा गरी शवलाई आफन्तको जिम्मा लगाइसकेको प्रहरी निरीक्षक शाहको भनाइ छ । 
 

ad
ad