१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतसँग सीमा जोडिएका दार्चुलाका नाका ७२ घण्टा बन्द रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:१४:oo

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका नाका तीन बन्द गरिने भएको छ। मंसिरको १ गते १२ बजे रातिदेखि चुनावको मध्यरातसम्म भारतसँग जोडिएका नाका बन्द हुने भएको हो। 

चुनावमा सुरक्षा व्यवस्थालाई लक्षित गर्दै भारतसँग जोडिएका सीमानाका ७२ घण्टाका लागि सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिइन्। दार्चुलामा भारतसँग जोडिएका लाली, बाकु, जोलजिवी, दत्तु, पुलघाट खलंगा, तिग्रम, बडुगाउँ, मलघट्टे र सितापुल नाका छ। 
 
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएका जिल्लाको सबै नाकाहरू ३ दिनका लागि बन्द गरिने साउदले बताइन्। 

दुवै देशका अधिकारीबीचको समन्वयमा चुनावसम्पन्न गर्न सीमानाका बन्द गरिने भएको हो। दार्चुलाबाट प्रतिनिधिसभामा विभिन्न दलका नौजना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रदेश सभा सदस्य पदका लागि पनि स्वतन्त्रसहित ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।


 

ad
ad