Skip This
उदयपुरका दुई मतदान केन्द्रमा महिला मात्र
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर १ बिहीबार o९:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरका दुई मतदान केन्द्रमा महिला मात्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार o९:o९:oo

उदयुरमा दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन्। जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को अम्मेबर माध्यमिक विद्यालयको स्थलमा रहेको दुई मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका हुन् । 

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख अधिकृत खेमराज कोइरालाले अम्मेबर माध्यमिक विद्यालयमा रहेको (क) र (ख) मतदान केन्द्रमा महिला मात्र परिचालन गरिएको छ । उनले भने, ‘सुनिता प्रधान र रत्नकुमारी राईलाई जिम्मा दिइएको छ।’

उनका अनुसार जिल्लामा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र रहेका छन्। उनले भने, ‘निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा हुँदै छ। मतदान अधिकृतहरू मतदानका लागि आवश्यक पर्ने निर्वाचन सामग्री जिम्मा लिएर मतदान केन्द्र जाने क्रम जारी  छ ।’