Skip This
मलाई ‘स्वतन्त्र’को डर छैन : भुसाल  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलाई ‘स्वतन्त्र’को डर छैन : भुसाल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती नभएको बताएकी छिन्। 

प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारहरूको डर नभएको बताएकी हुन्। 

आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतका दुई कार्यकालमा गरेका काम हेरेर जनताले मत दिने उनको भनाइ थियो। 

मन्त्री भुसालले राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरूलाई जनताले मत नदिने उल्लेख गरिन्। 

‘म त काम गरेर जनताका आँखामा टेस्टेड छु। गर्न सक्ने मान्छे भनेर गर्दै नगरेका मान्छेलाई के हेरेर दिने? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरूको कुनै सकारात्मक भूमिका छ। कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन,’ उनले भनिन्, ‘राजनीतिक दलहरूले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो।’ 

उनले राजनीतिमा आउँदा विचार, चिन्तन र समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने बताए। अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसले मात्रै राजनीतिले गति लिने उनको भनाइ थियो।