१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मानेले विश्वकपको पहिलो खेल गुमाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:oo:oo

सेनेगलका मुख्य स्ट्राइकर साडियो मानेले कतार विश्वकप फुटबल प्रतियोगितामा पहिलो खेल गुमाउने भएका छन् । खुट्टामा चोट बोकेका माने उपचाररत छन् । विश्वकपको दोस्रो खेलमा मात्र माने उपलब्ध हुने जनाएको छ । गत साता सेनेगलले चोटग्रस्त खेलाडी मानेलाई समेट्दै विश्वकप टोली घोषणा गरेको छ ।

गत साता बुन्डेस लिगाअन्तर्गतको खेलमा बायर्न म्युनिखबाट प्रतिस्पर्धा गर्दा मानेले चोट बोकेका थिए । सेनेगलका प्रशिक्षक अलिओ सिसेले आफ्ना मुख्य खेलाडीविना विश्वकप खेल्न नसकिने जनाएका छन् । 

‘मानेको शल्यक्रिया गर्नुनपर्ने भएको छ, हामी उनीविना विश्वकप खेल्न सक्दैनौँ,’ सिसेले भने, ‘सम्भवतः दोस्रो खेलमा उनी मैदानमा देखिनेछन् ।’ 

ad
ad