१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्मचारीसहित मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्ला पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२५:oo

मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री  ढुवानी गर्न नेपाली सेनाको हेलिकाेप्टर हुम्ला पुगेको छ ।  उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकाेप्टरबाट निर्वाचनमा खटिने  कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो । 

हिमपातले न्यालु लेख  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकाेप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त  निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र  निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

ad
ad