जनार्दन बराल

जनार्दन बराल

जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।

क्लिनफिड पूर्ण कार्यान्वयनतर्फ, नेपाली विज्ञापन बजार २ गुणाले बढ्ने अनुमान

क्लिनफिड पूर्ण कार्यान्वयनतर्फ, नेपाली विज्ञापन बजार २ गुणाले बढ्ने अनुमान

अधिकांश विदेशी च्यानलको प्रसारण सुरु, उपभोक्ताले तिर्ने शुल्क २५ प्रतिशतसम्म बढ्न सक्ने विज्ञापन ऐन २०७६ को व्यवस्थाअनुरूप नेपालमा क्लिनफिड पूर्ण रूपमा कार्यान्वय…