१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Tuesday, 24 June, 2025
२o७८ माघ २८ शुक्रबार १९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खार्पुनाथमा सकेट बम भेटिएपछि डिस्पोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १९:५१:oo

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ को लेखगाउँनजिक रहेको मेलरुख भन्ने ठाउँमा सकेट बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । शुक्रबार दिउँसो १२ बजे खार्पुनाथ गाउँपालिका वडा नं ४ लेखगाउँका स्थानीय सिद्धान्त जेठराले बाटोमा हिँड्ने क्रममा उक्त बम फेला पारेका थिए ।

 जेठाराले सो बम भेटाएलगत्तै प्रहरी चौकी याङ्चुलाई खबर गरेका थिए । लगत्तै प्रहरी सहायक निरीक्षक जगदीश भण्डारीको नेतृत्वमा उक्त टोली बम भेटिएको स्थानमा पुगेको थियो । उक्त टोलीले सकेट बम रहेको र बम पुरानो खिया लागेको प्रमाणित गरेको थियो ।